ज्ञानेन्द्रलाई श्रीपेच लगाउने तयारी पुरा: केही दिनमै नाराणहिटी कब्जा गर्ने घोषणा

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले लाखौ जनताको उपस्थितीमा पुर्व राजा ज्ञानेन्द्रलाई निर्मल निवासबाट नाराणहिटी लैजाने बताएका छन् ।

ललीतपुरको लगनखेलमा शनीबार आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष खड्काले गणतन्त्रका नाईकेहरुलाई छानी छानी कालोमोसो दलेर कारवाही गर्ने बताउँदै गणतन्त्रको दाहसंस्कार गर्ने बताएका हुन् ।

उनले यदि पुर्व राजाले देश र जनताका लागि राजगद्धि त्यागेका हुन् भने देश जोगाउनकै लागि देशको भारी बोक्द तयार हुन पनि सुझाव दिएका छन् । सोही कार्यक्रममा खड्काले दिएको अभिब्यक्ति हामीले यहाँ जस्ताको तस्तै प्रस्तुत गरेका छौ ।

Comments